
काठमाडौं, असार ९ । नागरिक अधिकारको सुरक्षा प्रत्याभूति गर्न माग गर्दै डा. गोविन्द केसीको अगुवाईमा आज राजधानीमा प्रदर्शन भएको छ ।
चिकित्सकहरुमाथि हुने आक्रमण र धम्की रोक्ने कानुन बनाउनुपर्ने, नागरिक अधिकारको सुरक्षा गर्नुपर्ने र दोषीलाई कारबारही गर्नुपर्नेलगायतका माग राख्दै डा. केसीको अगुवाईमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।
सरकारले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न रोक लगाएर नागरिकका अधिकार कुण्ठित गर्न खोजेको भन्दै डा. केसी नेतृत्वको समूहले सोही स्थानमा शान्तिपूर्ण प्रदर्शन गरेको हो ।
निषेधित क्षेत्रमा प्रदर्शन गरिएको भए पनि सुरक्षाकर्मीले हस्तक्षेप गरेका थिएनन् ।
प्रदर्शनपछि गरिएको कार्यक्रममा डा. केसीले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण र माफीयाकरण अन्त्य गर्न माग गरे ।
डा. केसीले सरकारले प्रजातन्त्र र वाक स्वतन्त्रतामा हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै खबरदारी गर्न प्रदर्शन गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्