
काठमाडौं, असार १२ । सुर्तीजन्य पदार्थको नियन्त्रण र अनुगमन गर्न सरकारले बजेट नदिएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका पदाधिकारीहरुले गुनासो गरेका छन् ।
राष्ट्रिय सूचना तथा सन्चार केन्द्रले मंगलबार राजधानीमा गरेको कार्यक्रममा सहभागी पदाधिकारीहरुले सुर्तीजन्य पदार्थमा लगाइने करबाट उठेको रकम सुर्तीजन्य पदार्थ नियन्त्रणमै प्रयोग गर्नुपर्नेमा आफूहरुले उक्त रकम नपाएको बताएका थिए ।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका उपस्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले अस्पताल, विद्यालय र सार्वजनिकस्थलमा धूमपान गर्न नदिने नियम कार्यान्वयनमा आउन नसकेको भन्दै काठमाडौं महानगरपालिकाले चाहेमा नियन्त्रणमा सहयोग पुग्ने बताए ।
प्रतिक्रिया दिनुहोस्