१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


अस्पतालको क्यान्टिनको यो हालत (भिडियो)


0
Shares

सन्तोष पुर्कुटी (इमेज)

ताप्जेजुङ, असार १२ । बिरामीलाई सहुलियत प्रदान गर्नका लागि जिल्ला अस्पताल ताप्लेजुङले सन्चालन गरेको क्यान्टिनको खाना बिरामीले खानै छाडेका छन् ।

जिल्ला अस्पताल ताप्लेजुङको क्यान्टिन देखेर पनि बिरामीले खाना खान छाडेका हुन् ।

बिरामीलाई सहुलियत प्रदान गर्नका लागि सन्चालन गरिएको भोजनालय फोहोरले ढाकिँदै गएपछि र खानाको गुणस्तर पनि नभएपछि बिरामीले खाना नखाने गरेका हुन् ।

क्यान्टिन सन्चालककोसमेत लापरबाहीका कारण क्यान्टिनको प्रवेशद्वारमै कुखुरा र बाख्राको खोर छ । वरिपरी हिलो र फोहोर फैलिएको देखिन्छ भने भान्सा घरभित्रै बच्चा–बच्चीका कपडा सुकाउने गरिन्छ ।

भान्साकोठाको चौकुनामा फोहोर बढारेर थुपारिएको छ । कुखुराको ओहोरदोहोर पनि उत्तिकै छ ।

तर, क्यान्टिन सन्चालकहरु भने अस्पतालले भान्साघरको व्यवस्थापन नगरिदिएकाले यस्तो अवस्था सिर्जन भएको बताउँछन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त स्वास्थ्य प्रमुख डा. सचीन यादव भने यसको व्यवस्थापनका लागि पहल भइरहेको बताउँछन् ।

क्यान्टिनमामात्रै नभइ अस्पतालभित्रैको पनि फोहोर व्यवस्थापन नहुँदा बिरामी र बिरामी कुरुवा दुर्गन्ध सहेर बस्न बाध्य छन् ।

अस्पतालभित्र वर्षौंदेखि यस्तो समस्या रहे पनि अस्पताल व्यवस्थापन पक्षले भने देख्या नदेख्यैजस्तो गरेको स्थानीयको आरोप छ ।

भिडियो हेर्नुहोस्