
काठमाडौं, असार ८ । काठमाडौं उपत्यकामा खानेपानीको ब्यापार निकै ठूलो छ । घर होस् या कार्यालय वा रेष्टुराँ, सबैतिर खानेपानीका जार छ्यापछ्याप्ती पाइन्छ ।
मानिसहरुले सफा ठानेर किन्ने जारको पानीमा विश्वास भने गरिहाल्ने अवस्था नरहेको पाइएको छ ।
उपत्यकामा सबैभन्दा बढी चल्ने जारको पानीमा दिसामा पाईने जिवाणु ईकोलाई र कोलिफर्म भटिएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले काठमाडौं र ललितपुरका ५० वटा पानी कम्पनीका जारको पानीको गुणस्तर परीक्षण गर्दा भयावह अवस्था देखियो । नाष्टले पानीको भौतिक, जैविक र रासायनिक परीक्षण गरेकोे थियो ।
भौतिक परीक्षणमा पानीको अम्लीय र क्षारीयपना, घोलित ठोस पदार्थ तथा विद्युतीय सम्बाहकता जाँचिएको थियो भने रासायनिक परीक्षणमा धातु, अधातु फलाम म्याग्नेसियम, आदिको परीक्षण गरिएको थियो ।
कस्तो छ जारको पानी ? विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्