१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


ट्राफिक जामका कारण एम्बुलेन्सले बाटो पाउन छाडे (भिडियो)


0
Shares

काठमाडौं, असार १३ । ट्राफिक जामको विकराल समस्यामा फसेको काठमाडौंका सडकमा मानवीय पक्ष पनि क्षीण हुदै गएको छ ।

इमर्जेन्सीका विरामी बोकेर कुदेका एम्बुलेन्सले समेत बाटो नपाउने अवस्था सडकमा देखा पर्न थालेको छ । 

हरेक दिन काठमाडौंमा चल्ने एम्बुलेन्सहरुले सडकमा यसरी नै समय खर्चिनु पर्ने बाध्यता छ । प्राय गम्भिर प्रकृतिका बिरामीहरु एम्बुलेन्सबाट ओसारपसार गर्ने गरिन्छ ।

त्यसैले पनि एम्बुलेन्सको आवतजावत सहज गराउनु अनिवार्य हुने गर्छ ।

तर साइरन बजाएर कुदेका एम्बुलेन्सलाई पनि बाटो नछोड्ने चालकहरुको प्रवृत्तिले भने मानवता खस्किंदै गएको हो कि भन्ने महसुश गराउछ ।

काठमाडौंको जाम र अन्य चालकहरुको असहयोगका कारण विरामीहरुलाई समयमै अस्पतालन पुर्याउन कठीन हुने गरेको एम्बुलेन्स चालकहरु बताउँछन् ।

समयमा अस्पताल पु¥याउन नसक्दा कतिपय विरामीको बाटोमै मृत्यु हुने गरेको भन्दै उनीहरुले त्यस्तो अवस्थामा निकै दुख लाग्ने पनि बताउँछन् ।

बिरामीका लागी  हरेक क्षण मूल्यवान  हुन्छ । त्यसतर्फ सजग भई सबैले  मानविय पक्षलाई ध्यान दिएर एम्बुलेन्सहरुलाई सडकमा सहयोग गर्नु सवैको कर्तब्य हो ।