८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


संस्थापक डा. उपेन्द्र देवकोटाको निधनलगत्तै न्यूरो अस्पतालको नाम परिवर्तन


0
Shares

काठमाडौं, असार ६ । वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएपछि उनीद्वारा स्थापित बाँसबारीस्थित न्यूरो अस्पतालको नाम परिवर्तन गरिएको छ ।

डा देवकोटाका भतिज वसन्त देवकोटाका अनुसार ‘नेसनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइट साइन्स’ परिवर्तन गरेर ‘उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइट साइन्स’ नामकरण गरिएको छ ।

उनले भने, ‘कम्पनी रजिस्ट्रारको कार्यालयले दर्ता प्रमाणपत्र दिइसकेको छ । बाँकी प्रक्रिया पनि छिटै थालिने छ ।’ 

एसियामै स्नायुरोग विशेषज्ञका रुपमा ख्याति प्राप्त डा देवकोटाको गत सोमबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो । डा देवकोटा ६ महिनादेखि पित्तनलीको क्यान्सरबाट पीडित थिए । (रासस)