काठमाडौं, माघ २० । सरकारले यही माघ २५ गतेदेखि १३ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराउने अभियान सुरु गर्ने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जोखिममा रहेका १३ जिल्लाका ७४ लाख ६१ हजार व्यक्तिलाई औषधि खुवाउने भएको हो । महाशाखाले सोमबार पत्रकार सम्मेलन गरी औषधि खुवाउन २१ करोड ५३ लाख ७६ हजार रुपैयाँ…