४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे यसो भन्छन्, डा. सायमी


0
Shares

काठमाडौं, फागुन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीका स्वास्थ्य सल्लाहकार डा. अरुण सायमीले प्रधानमन्त्रीको स्वास्थ्यमा अहिले मुख्यरुपमा ध्यान दिनुपर्ने कुरामा संक्रमणबाट बचाउनु भएको बताएका छन् ।

ईमेज समाचारसँग कुरा गर्दै उनले संक्रमणबाट बचाउन सके एक/दुई हप्तामा सामान्य अवस्थामा फर्कने बताए ।

उनले प्रधानमन्त्री ओलीले २५ वर्षदेखि त्रिवि शिक्षण अस्पतालमै उपचार गराइराखेको र अहिले ‘मिर्गौला प्रत्यारोपण गर्न पनि शिक्षण अस्पताललाई नै रोज्नुमा अस्पतालको सेवाप्रतिको विश्वास हो’–भने ।