४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


‘छिट्टै म काममा फर्किन्छु’ : प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, फागुन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै काममा फर्कने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको पनि बताएका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री ओलीलाई भेटेर फर्किएका उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘आफूसँग प्रधानमन्त्रीले आफू छिट्टै काममा फर्किने बताएको’ जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीलाई भेटेपछि सामाजिक सञ्जाल ट्वीटरमा रिमालले सर्जरीपछि आज पहिलो पटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अवसर मिल्यो भन्दै लेखेका छन्, ‘साथीहरूलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भईरहेको छ । छिट्टै म काममा फर्किन्छु ।’ धेरै खुसी लाग्यो,  शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रीज्यू !

बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा राम्रो सुधार देखिएको चिकित्सकहरूले पनि बताएका छन् ।

ओलीको १३ वर्षअघि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा पहिलो पटक मिर्गौैला प्रत्यारोपण गरिएको थियो ।