३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


कपिलवस्तुको सीमा नाकामा सतर्कता भएन


0
Shares

कपिलवस्तु । कोराना भाइरसको उच्च सतर्कताका लागि कुनै पहल नभएको गुनासो स्थानीयले गरेका छन् ।

कपिलवस्तुमा भारतसँग सीमा जोडिएको कृष्णनगर, मर्यादपुर, चाकरचौडालगायतका नाकाबाट भारतीय पर्यटक नेपाल प्रवेश गर्ने भएपनि नेपालतर्फ कुनै चेकजाँच नगरिएको गुनासो उनीहरुको छ ।

भारतीय पक्षले सीमामा हेल्प डेस्क राखी कोरोनाको संक्रमण रोक्न सजगता अपनाउँदै गर्दा नेपालले पनि सीमा जोडिएका सबै ठाँउमा हेल्प डेस्क राख्नु पर्ने स्थानीय बताउँछन् ।

भारतीय पक्षले भने बढनीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ५० बाहिनीको चेकपोष्टमा हेल्प डेस्क सञ्चालनमा ल्याएको छ

। हेल्प डेस्कमा नेपालतर्फबाट जाने यात्रीलाई निगरानी, परामर्श तथा कोरोना भाइरसबारे जानकारीसँगै माक्स र आवश्यक पर्दा उपचारको लागि समेत पर्याप्त तयारी अपनाइएको छ ।

यता, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल भने कोरोना भाइरसबारे सचेतना र निगरानीका लागि सचेतनाका कार्यक्रम सञ्चालन भइरहेको बताउँछन् ।