३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


‘चिकित्सकहरु जोखिममा’


0
Shares

काठमाडौं, फागुन २२ । चिकित्सकहरुले अत्यावश्यक स्वास्थ्य सामग्रीको अभावका कारण आफूहरु नै जोखिममा रहेको बताएका छन् ।

नेपाल मेडिकल एसोसिएसनले बिहीबार चिकित्सकहरुसँग गरेको छलफलमा सहभागी चिकित्सकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणविना नै मास्कमात्र लगाएर परीक्षण गर्नुपरेको गुनासो गरेका थिए ।

विनातयारी नै चिकित्सकहरुलाई विमानस्थलमा खटाइएका कारण जोखिम बढेको भन्दै चिकित्सकहरुले गुनासो गरेका थिए ।

कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले अस्पतालमा पाँचओटामात्र ‘आइसोलेसन वार्ड’ रहेकाले परीक्षण गराउन आउनेको संख्या बढे व्यवस्थापन गर्न समस्या हुने बताए ।

‘कोरोनाभाइरस’को त्रास बढेका कारण परीक्षण गराउन आउनेहरुले राम्रोसँग नबोल्ने र डराउने गर्दा पनि उपचारमा समस्या भएको डा. भण्डारीले बताए ।

यस्तै, बजारमा सर्जिकल मास्क अभाव हुनु र कोरोनाको उपचार गराउने चिकित्सकसमेत नरहेका कारण चिकित्सक संघले सहयोग जुटाउनुपर्नेतर्फ सचेत गराइएको छ ।