श्रेष्ठले धनकुटा नगरपालिका वडा नं. ६ स्थित सिरान बजारमा रहेको पुख्यौली घरलाई ऐतिहासिक महत्वका पुराना सामग्री संरक्षण गर्न संग्रहालय बनाएका हुन् । घरको बाहिरी भित्तामा पुराना हतियार, माहुरीको घार, परम्परागत तराजु, बाँसको जराबाट बनेका विभिन्न आकृति झुण्ड्याइएको छ । घरभित्र ऐतिहासिक महत्वका सामग्री सजावट गरिएको छ । जापानीज साथी ताकाहाकी करीब २१ वर्षअघि धनकुटा बजार…