२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


अवरुद्ध सिद्धबाबा सडक एकतर्फी सन्चालन


0
Shares

बुधबार सडक मर्मतका लागि चार घन्टासम्म बन्द गरिएको सडक अहिले एकतर्फीरुपमा सन्चालन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सिद्धबाबा क्षेत्रमा सडकमाथिबाट पहिरो खसेपछि यात्रीले निकै सास्ती भोग्नुपरेको छ ।

पाँच दिनदेखि लगातार सडकमाथिबाट ठूल्ठूला चट्टानसहितको ढुंगा खसेर सडक छिनछिनमै खुल्ने र बन्द हुने भइरहेको छ ।

सिद्धबाबा क्षेत्रमा चट्टानसहितको पहिरो खसेर धेरै यात्रीले अकालमै ज्यान गुमाउनुपरेको छ ।

यही राजमार्ग भएर पाल्पा, स्याङ्जा, अर्घाखाँची, गुल्मी, पोखरा, पर्वतलगायतका जिल्लामा जाने यात्रीले बेलाबेलामा निकै सास्ती भोग्नुपरेको छ । रासस