शहीद श्रेष्ठको पुख्यौंली घर बन्यो संग्रहालय, यस्तो छ संग्रहालय (भिडियो) • Image Khabar Image Khabar


शहीद श्रेष्ठको पुख्यौंली घर बन्यो संग्रहालय, यस्तो छ संग्रहालय (भिडियो)


Imagekhabar
१९ आश्विन २०७४, बिहीबार ०९:२२

शहीद श्रेष्ठको पुख्यौंली घर बन्यो संग्रहालय, यस्तो छ संग्रहालय (भिडियो)

श्रेष्ठले धनकुटा नगरपालिका वडा नं. ६ स्थित सिरान बजारमा रहेको पुख्यौली घरलाई ऐतिहासिक महत्वका पुराना सामग्री संरक्षण गर्न संग्रहालय बनाएका हुन् ।

घरको बाहिरी भित्तामा पुराना हतियार, माहुरीको घार, परम्परागत तराजु, बाँसको जराबाट बनेका विभिन्न आकृति झुण्ड्याइएको छ ।

घरभित्र ऐतिहासिक महत्वका सामग्री सजावट गरिएको छ ।

जापानीज साथी ताकाहाकी करीब २१ वर्षअघि धनकुटा बजार घुम्न आउँदा पुराना वस्तु संरक्षणमा दिएको हौसलाबाट प्रेरित भई पुराना सामग्री संरक्षणमा आफू लागेको उनको भनाइ छ ।

संग्रहालयभित्र पुराना नक्शा, घरेलु हतियार, ग्रामोफोन, बेञ्जुवाला, पेट्रो मैक्स, केही ऐतिहासिक पुस्तक तथा घरायसी प्रयोगका मानापाथी, तुलो, ओखल, जाँतो, डोली पैसा, काठको भाँडाकुडा गरी एक सयभन्दा बढी सामग्री छन् ।

घरका भित्तामा विभिन्न रंगको समायोजन गरी नेवारी संस्कृति झल्कने चित्रसमेत कोरिएका छन् । सिसाको सोफा भित्र नेपालसहित विभिन्न देशका पुराना सिक्का राखिएको छ ।

त्यस्तै उनका बुबा शहीद भीमनारायण श्रेष्ठको पास्नीमा प्रयोग भएका गहना, सय वर्षभन्दा पुराना वत्ति बाल्ने पानसलगायत नेवारी सभ्यता र संस्कृतिसँग सम्बन्धित धातु पनि छन् ।

पछिल्लो समय धनकुटा घुम्न आउने आन्तरिक र वाह्य पर्यटक, शैक्षिक भ्रमणमा आउने विद्यार्थी, राजनीतिक दलका नेता पनि अवलोकन लागि उक्त संग्रहालय पुग्ने गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया दिनुहोस्