
निरन्तर खसिरहेको पहिरो छल्दै मोटरसाइकलमा सडक पार गर्न खोज्दा दुईजना र एकजना गाडीमा ढुंगा खसेर घाइते भएका हुन् ।
घाइते हुनेमा मोटरसाइकलमा सवार बुटवल–११ मोतिपुरका रिमबहादुर घिमिरे र नमिता न्यौपाने छन् ।
त्यस्तै, जिपमा सवार सैनामैना–५ कि रिमा घिमिरे घाइते भएकी छन् । उनीहरुको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
तिनाउ गाउँपालिका–२ दोभान र सिद्धबाबाबीच विद्युत् हेडबक्समाथि ढुंगासहितको ठूलो पहिरो खस्नेक्रम जारी छ । जसका कारण दसैंमा ओहोर–दोहोर गर्नेहरु मर्कामा परेका छन् ।
बुधबार बिहान ९ बजेबाट रोकिएको बाटो दिउँसो ३ बजेबाट भने एकतर्फी सन्चालनमा आएको छ ।
बिहीबार (भोलि) बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बाटो रोकेर सडक पूर्णरुपमा सन्चालन गरिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्