नेपाल प्रेस युनियन जाजरकोटले शनिबार खलंगामा एक कार्यक्रमको आयोजना गरी पाँच हजार रुपैयाँ राशीको रवीन्द्र शाह स्मृति विकास पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गरेको हो । रवीन्द्र प्रेस युनियन जाजरकोटका संस्थापक सदस्यसमेत थिए । प्रत्येक वर्ष जिल्लाको विकासका विषयमा कलम चलाउने एकजना सक्रिय पत्रकारलाई सो पुरस्कार प्रदान गरिने प्रेस युनियन जाजरकोटका अध्यक्ष जनक केसीले बताए ।…