बिपी राजमार्गमा नियम उलंघन गरी चलाइएका सवारीसाधन कारबाहीमा • Image Khabar Image Khabar


बिपी राजमार्गमा नियम उलंघन गरी चलाइएका सवारीसाधन कारबाहीमा


Imagekhabar
२१ आश्विन २०७४, शनिबार १३:३७

बिपी राजमार्गमा नियम उलंघन गरी चलाइएका सवारीसाधन कारबाहीमा

शुक्रबार विभागको टोलीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको काभ्रेभञ्ज्याङमा गरिएको अनुगमनमा उक्त राजमार्ग भएर चल्ने अधिकांश सवारीसाधनले यात्रुसँग तोकिएको दरभन्दा बढी भाडा असुल्ने, रुट परमिट नै नभएका गाडी चलाउने र १८ सिट क्षमता र १० टनभन्दा बढीको सवारीसाधन चलाउन नपाइने व्यवस्थालाई उलंघन गरी ठूला यात्रुबाहक बस चलेको पाइएको जनाएको छ ।

त्यसरी नियम उलंघन गर्ने सवारीसाधनलाई कारबाही गरी आवश्यक कागजातसमेत नियन्त्रणमा लिइएको छ ।

अनुगमनको क्रममा टोलीले मालबाहक गाडीमा मान्छे ओसारेका सवारीसाधनलाई समेत कारबाही गरेको छ ।

बढी भाडा लिएको विषयमा अधिकांश सवारी चालकले भने आफूहरुले भन्दा पनि काउण्टरबाट नै त्यसरी बढी भाडा लिएर टिकट कटाउने गरेको बताए ।

सो राजमार्ग भएर पूर्वको १५ जिल्लासँगै तराईका सात वटा जिल्लालाई राजधानीसँग जोड्न नजिकको मार्गका रुपमा विकसित भएको बिपी राजमार्गमा दशैँ आएसँगै सवारी चाप एकाएक वृद्धि भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्