
बैठकमा नेपालका तर्फबाट संयोजक डा. भेषबहादुर थापा तथा सदस्यहरु नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र सांसद डा. राजन भट्टराई सहभागी छन् ।
भारतीय पक्षको नेतृत्व संयोजक भगतसिंह कोसियारीले गरेका छन् । अरु सदस्यमा डा. बीसी उप्रेती र महेन्द्र पी लामा छन् ।
बैठकमा भारततर्फका सदस्य पूर्वराजदूत जयन्तप्रसाद भने अनुपस्थित छन् उनी अस्वस्थ भएकाले उपस्थित नभएको जनाइएको छ । उनको अनुपस्थितिमा बैठक हुनुलाई भने निकै अर्थपूर्णरुपमा लिइएको छ ।
नेपाल–भारतबीच भएका विभिन्न सन्धि–सम्झौताको समयानुकूल परिमार्जन गर्न दुई वर्षअगाडि यो समूहको गठन भएको हो ।
१९५० को मैत्री सन्धि, व्यापार तथा पारवहन सन्धि र जलस्रोतसम्बन्धी विभिन्न सन्धि–सम्झौतामा छलफल गरी दुवै देशको सरकारलाई सुझाव दिनेगरी नेपाल–भारत प्रबुद्ध समूह गठन गरिएको हो ।
शनिबारदेखि सुरु दुईदिने बैठकमा नेपालले १९५० को मैत्री सन्धिमा परिमार्जन गर्नुपर्ने विषयलाई अन्तिमरुप दिने गरी तयारी गरेको छ भने भारतीय पक्षले दुई देशको सीमा सुरक्षा र व्यवस्थापनबारे छलफलको एजेन्डा बनाएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्