ऐतिहासिक प्राकृतिक ताल संरक्षणको अभावमा घाँसे मैदान बन्यो • Image Khabar Image Khabar


ऐतिहासिक प्राकृतिक ताल संरक्षणको अभावमा घाँसे मैदान बन्यो


Imagekhabar
२१ आश्विन २०७४, शनिबार ०८:४५

ऐतिहासिक प्राकृतिक ताल संरक्षणको अभावमा घाँसे मैदान बन्यो

सम्बन्धीत निकायबाट तालको संरक्षण हुन नसक्दा चारैतिरबाट घाँसले भरिभराउ हुन थालेपछि ताल अहिले घाँसे मैदानमा परिणत हुँदै गएको हो ।

ताल संरक्षणका लागि बजेट अभाव भएको र झण्डै ५ वर्ग किलोमिटर रहेको उक्त तालमा विभिन्न प्रकारका स्थानीय माछाका प्रजातिहरु, जलचर प्राणी, हाँस, चखेवा लगायत हिँउदमा पाईने शारस चराहरु पाईने गरेको कालिकिच उपभोक्ता समितिले जनाएको छ ।

शारस प्रजाती चरा समेत पाईने यो तालमा व्यवस्थापनको अभावका कारण जैविक विविधता संरक्षण हुन सकेको छैन ।

जैविक विविधता संरक्षण, पर्यटकीय हिसाबले रमणीय र अध्ययन अनुसन्धानका दृष्टिकोणले उचित रहेकोले ताल संरक्षण गर्नुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया दिनुहोस्