२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नेपाल-भारत प्रबुद्ध व्यक्ति समूहको बैठक आजदेखि काठमाडौंमा


0
Shares

२ दिनसम्म चल्ने बैठकमा नेपाल-भारतबीच रहेका सबै सन्धिसम्झौतावारे छलफल हुने वताइएको छ ।

बैठकमा नेपाल भारत शान्ति तथा मैत्री सन्धि १९५०, जलस्रोत क्षेत्रमा भएका सन्धि सम्झौता, व्यापार तथा पारवहनका क्षेत्रमा भएका सन्धिसम्झौता लगायतमा बुँदागत छलफल हुने वताइएको छ ।

२०७२ सालमा गठन भएको इपिजीको बैठक नेपाल र भारतमा पालैपालो हुँदै आएको छ ।

नेपाल भारत बीच रहेका सम्पूर्ण सन्धि सम्झौताको समीक्षा गरी प्रतिवेदन बुझाउन इपिजीलाई दुई वर्षको अवधि दिइएको छ ।

इपिजीले अबको एक वर्ष भित्र चार वटा बैठक बसी सम्पूर्ण विवादित विषय टुंग्याउनु पर्नेछ । इपिजीमा नेपाल र भारतका चारचार जना सदस्य छन् ।

इपिजीले साझा प्रतिवेदन दुवै देशका सरकारलाई वुझाउने छ र त्यसैको आधारमा सन्धिसम्झौता संशोधन, पुनरावलोकन प्रक्रिया अघि बढाइनेछ ।