Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


केपीएल कप भाेलि देखि सुरु, सबै खेल एक्सन स्पोर्ट्स एचडीबाट प्रत्यक्ष प्रसारण हुने


338
Shares

काठमाडौं ।

नेपाल र भारतका प्रतिस्पर्धी क्रिकेट टोलीहरूको सहभागिता रहने केपीएल कप अन्तर्राष्ट्रिय आमन्त्रण क्रिकेट प्रतियोगिता २०२६ को प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीमार्फत हुने भएको छ। प्रतियोगिता असार १२ गतेदेखि असार २३ गते २०८३ सम्म सञ्चालन हुनेछ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित डा. खलिल आजाद क्रिकेट रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपाल र भारतका क्रिकेट क्लब तथा एकेडेमी टोलीहरूको सहभागिता रहनेछ। प्रतियोगिता ट्वान्टी–२० ढाँचामा सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा इटहरी सुपर किङ्स, छिन्नमस्ता लायन्स, मिल्स क्रिकेट क्लब एन्ड एकेडेमी, एचपीसीए पटना (भारत), केसीसी (भारत) तथा आरएमएल स्पोर्ट्स एकेडेमी (भारत) लगायतका टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्।

सार्वजनिक खेल तालिकाअनुसार असार १२ देखि असार १९ गतेसम्म लिग चरणका खेलहरू सञ्चालन हुनेछन्। असार २० गते पहिलो क्वालिफायर र इलिमिनेटर, असार २१ गते दोस्रो क्वालिफायर, असार २२ गते विश्राम तथा असार २३ गते फाइनल खेल आयोजना गरिनेछ।

उच्चस्तरीय प्रतिस्पर्धा, युवा प्रतिभा र रोमाञ्चक क्रिकेट खेल दर्शकमाझ पुर्‍याउने उद्देश्यसहित एक्सन स्पोर्ट्स एचडीले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्न लागेको हो।

प्रतियोगिताले नेपाली क्रिकेटको विकास, अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान तथा खेल पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Skip This