काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय प्रतिनिधिमण्डल १० दिने औपचारिक भ्रमणका लागि आईतवार चीन प्रस्थान गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन जान लागेको प्रतिनिधिमण्डलले दुई देशबीचको राजनीतिक सम्बन्ध विस्तारसँगै विपद् व्यवस्थापन र आर्थिक सहकार्यका विषयमा छलफल गर्ने भएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणको मुख्य उद्देश्य दुई देशका सत्तारुढ राजनीतिक दलबीचको सम्बन्धलाई नयाँ आयाम दिनु रहेको बताउनु भयो । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को २० सदस्यीय प्रतिनिधिमण्डल १० दिने औपचारिक भ्रमणका लागि आईतवार चीन प्रस्थान गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन जान लागेको प्रतिनिधिमण्डलले दुई देशबीचको राजनीतिक सम्बन्ध विस्तारसँगै विपद् व्यवस्थापन र आर्थिक सहकार्यका विषयमा छलफल गर्ने भएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणको मुख्य उद्देश्य दुई देशका सत्तारुढ राजनीतिक दलबीचको सम्बन्धलाई नयाँ आयाम दिनु रहेको बताउनुभयो ।
उहाँकाअनुसार चिनियाँ कम्युनिस्ट पार्टीले लामो समयदेखि रास्वपाको प्रतिनिधिमण्डललाई चीन भ्रमणको निमन्त्रणा दिँदै आएको थियो । समय र कार्यतालिका मिलेकाले अहिले भ्रमण सम्भव भएको उहाँले जानकारी दनिुभयो । महामन्त्री आचार्यकाअनुसार भ्रमण मुख्यतः तीनवटा विषयमा केन्द्रित हुनेछ । पहिलो, राष्ट्रिय स्वतन्त्र पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच पारस्परिक सम्बन्ध विस्तार तथा राजनीतिक अनुभव र ज्ञान आदानप्रदान गर्ने विषय रहेको छ ।
दुई पार्टीबीचको सम्बन्धलाई आधार बनाएर भविष्यमा नेपाल र चीनबीच राज्यका विभिन्न क्षेत्रमा सहकार्यका सम्भावना खोजिने उहाँले बताउनुभयो । ज्ञान, अनुभव र प्रविधि आदानप्रदानदेखि अन्य बहुआयामिक क्षेत्रमा सहकार्यका अवसर पहिचान गर्ने भ्रमणको उद्देश्य रहेको उहाँको भनाइ छ ।
दोस्रो प्राथमिकतामा विपद्पछिको व्यवस्थापन रहेको छ । नेपाल भूकम्प, बाढीपहिरो तथा हिमाली क्षेत्रमा देखिने ठूला प्राकृतिक विपद्को जोखिममा रहेको उल्लेख गर्दै आचार्यले चीनले यस्ता विपद्को सामना र व्यवस्थापन कसरी गर्छ भन्ने विषयमा अध्ययन तथा अनुभव आदानप्रदान गरिने बताउनुभयो ।
विशेषगरी विपद्का बेला उद्धार, राहत, पुनःस्थापना र विपद्पछिको व्यवस्थापनमा चीनले अपनाउँदै आएका अभ्यासबारे जानकारी लिने र त्यस क्षेत्रमा सहकार्यका सम्भावना खोजिने उहाँले जानकारी दनिुभयो । त्यस्तै, तेस्रो विषयका रूपमा व्यापार, व्यवसाय र अर्थतन्त्रसँग सम्बन्धित बहुआयामिक पक्षमा छलफल गरिनेछ ।
उदाउँदो विश्व आर्थिक शक्तिका रूपमा रहेको चीनबाट नेपालले कसरी लाभ लिन सक्छ भन्ने विषयमा विचार आदानप्रदान गरिने आचार्यले बताउनुभयो। उहाँकाअनुसार आर्थिक सहकार्यका सम्भावना पहिचान गरी भविष्यमा दुई देशबीच उच्चस्तरीय भ्रमण तथा छलफलका लागि आधार तयार गर्ने उद्देश्यसमेत प्रतिनिधिमण्डलको रहेको छ ।
आचार्यले रास्वपा सभापति वा प्रधानमन्त्रीको आगामी चीन भ्रमणका क्रममा थप ठोस छलफल र सहकार्य अघि बढाउन अहिलेको प्रतिनिधिमण्डलको भ्रमणले आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो । १० दिनसम्म चल्ने भ्रमणका क्रममा भएका छलफल र गतिविधिबारे सञ्चारमाध्यमलाई जानकारी गराइने पनि उहाँले बताउनुभयो ।
आचार्यले भन्नुभयो, ‘यस भ्रमणको मुख्य उद्देश्य दुई पार्टीबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै नेपाल–चीन सम्बन्धमा सहकार्यका नयाँ सम्भावना खोज्नु हो । भ्रमणका क्रममा मुख्यतः तीन विषयमा केन्द्रित रहेर छलफल हुनेछ । भ्रमणका क्रममा भएका गतिविधि र छलफलका विषयहरू समयक्रममा सञ्चारमाध्यममार्फत सार्वजनिक गरिनेछन् ।’
यस भ्रमणलाई रास्वपाले दुई देशबीचको राजनीतिक सम्बन्ध विस्तारसँगै विपद् व्यवस्थापन र आर्थिक सहकार्यका सम्भावना पहिचान गर्ने अवसरका रूपमा लिएको छ ।









प्रतिक्रिया दिनुहोस्