Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


छठले जीवनका हरेक अवस्थालाई सम्मान गर्न सिकाउँछ: प्रधानमन्त्री बालेन शाह


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

छठ पर्वले प्रकृतिप्रतिको कृतज्ञतासँगै जीवनका हरेक अवस्थालाई समान सम्मान गर्न सिकाउने उहाँले उल्लेख गर्नुभएको छ ।

शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले भन्नुभएको छ, “जहाँ उदाउँदो सूर्यलाई झैँ अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिइन्छ । यसले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिन्छ ।”

उहाँले भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यस पर्वले पारिवारिक सुख, शान्ति, आरोग्य तथा सन्तानको दीर्घायुको कामना गर्ने परम्परा बोकेको बताउनुभएको छ ।

प्रधानमन्त्री शाहले सरकारले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । छठ पर्वले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्न सकारात्मक ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दै उहाँले भन्नुभएको छ, “भगवान् सूर्यदेव र छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस् ।”

सन्देशको अन्त्यमा उहाँले मैथिली भाषामा समेत छठको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, “छैठके बहुत रास शुभकामना१ दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि।”

Skip This