आइतबार ‘सशस्त्र प्रहरी बरिष्ठ अधिकृत तथा तालिम सम्मेलन २०७४’ उदघाटन गर्दै मन्त्री शर्माले मुलुक समृद्धि र आर्थिक विकासको चरणमा प्रवेश गरेकाले यस दिशामा आइपर्ने चुनौती सामना गर्न सुरक्षा निकायसमेत सचेत रहनुपर्ने बताए । उनले सुरक्षा निकायका कमाण्डरहरुलाई फौजमा भर्ती हुनुपूर्व आफ्नो परिवार, गाउँ, टोल, समाजमा रहँदाका समस्या, फौजमा भर्ती हुन आउँदा र तालिम गर्दाका आफ्ना…