तिहारपछि पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण थालिने • Image Khabar Image Khabar


तिहारपछि पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण थालिने


Imagekhabar
२२ आश्विन २०७४, आईतवार १४:०६

तिहारपछि पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण थालिने

                                                सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेत

गृह मन्त्रालयले तिहारपछि दोस्रो साताबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेको हो । पहिलो चरणमा पाँचथरका एक लाख १० हजार र सिंहदरबारभित्रका सात हजार कर्मचारीलाई परिचयपत्र वितरण गर्ने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेतले जानकारी दिए ।

यसका लागि फिल्डमै कर्मचारी खटाएर परिचयपत्र प्रदान गरिने नागरिकको व्यक्तिगत विवरण संकलन गरिने उनले जानकारी दिए ।

मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले आवश्यक तयारी अघि बढाएको बताइएको छ । खटिने कर्मचारीले हातका १० वटै औंलाको बायोमेट्रिक्स डिटेल लिने र आँखाको रेटिना स्क्यान गर्ने काम गर्नेछ । संकलित विवरण गृह मन्त्रालय मातहत रहेको कार्ड प्रशोधन केन्द्रमा पठाइनेछ । त्यसको १० दिनभित्र कार्ड प्रिन्ट गरेर वितरण गर्ने केन्द्रको लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्