आफ्नै घरको पर्खाल भत्किँदा एकजनाको मृत्यु • Image Khabar Image Khabar


आफ्नै घरको पर्खाल भत्किँदा एकजनाको मृत्यु


Imagekhabar
२२ आश्विन २०७४, आईतवार १५:५८

आफ्नै घरको पर्खाल भत्किँदा एकजनाको मृत्यु

कलैया उपमहानगरपालिका वडा नं ९ रामपुर निवासी ६५ वर्षीय अहमद अन्सारीको बिहान ७ः१० बजेतिर पर्खालमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।

आफ्नो पुरानो घरको छत भत्काउने क्रममा पर्खाल भत्किँदा च्यापिएर गम्भीर घाइते भएका अन्सारीको उपचारका क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा निधन भएको प्रवक्ता साहले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्