काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही स्थान तथा तराईका केही क्षेत्रमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागसहित बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि कोशीसहित देशका हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ। हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी र तराईका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। तराई क्षेत्रमा बिहानको समयमा कुहिरो लाग्ने सम्भावना पनि रहेको छ।









प्रतिक्रिया दिनुहोस्