३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


अर्घाखाँची बस दुर्घटनाः गम्भीर घाइतेलाई काठमाडौं लगियो, ३५ सिटे बसमा ७० यात्री


0
Shares

मृत्यु हुनेमा मालारानी–३ का ९ वर्षीय अभियान आचार्य र गुल्मी, धुरकोट–१ की ३५ वर्षीया सुन्तली विक छन् ।

लु१ख ७५१८ नम्बरको बस दुर्घटनामा करिब ४० जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ । सामान्य घाइते ३५ जनालाई उपचारका लागि बुटवल पठाइएको छ ।

गाडी चालक गोकुल विक भने सकुशल रहेका छन् । ३५ सिट क्षमताको बसमा ७० जना यात्री सवार रहेको जनाइएको छ ।

बसमा सवार केही यात्री सकुशल छन् भने केहीको अर्घाखाँची जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

गाडी सडकबाट करिब १०० मिटर तल खसेको थियो ।