
नेपाल प्रेस युनियन जाजरकोटले शनिबार खलंगामा एक कार्यक्रमको आयोजना गरी पाँच हजार रुपैयाँ राशीको रवीन्द्र शाह स्मृति विकास पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गरेको हो । रवीन्द्र प्रेस युनियन जाजरकोटका संस्थापक सदस्यसमेत थिए ।
प्रत्येक वर्ष जिल्लाको विकासका विषयमा कलम चलाउने एकजना सक्रिय पत्रकारलाई सो पुरस्कार प्रदान गरिने प्रेस युनियन जाजरकोटका अध्यक्ष जनक केसीले बताए ।
उनले अक्षयकोष बढाएर प्रदेशस्तरमा पनि पुरस्कार प्रदान गरिने घोषणासमेत गरे ।
कार्यक्रममा अक्षयकोष स्थापनाका लागि रवीन्द्रका बुवा योगशमशेर शाहले नगद एक लाख रुपैयाँ प्रेस युनियन जाजरकोटलाई हस्तान्तरण गरेका थिए ।
यस्तै, प्रेस युनियन जाजरकोटका अध्यक्ष केसीले पाँच हजार रुपैयाँ सहयोग गरे ।
प्रतिक्रिया दिनुहोस्