Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


९२ किलो गाँजासहित दुई जना भारतीय महिला पक्राउ

मकवानपुर, बैशाख १ । मकवानपुरको मनहरी गाउँपालिकाबाट ९२ किलोभन्दा धेरै अवैध लागूऔषध गाँजासहित दुई जना भारतीय महिला पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरले हेटौंडातर्फ आउन लागेको युपी एफ १८५४ नम्बरको भारतीय गाडिमा अवैधरुपमा गाँजा लिएर आइरहेका भारत मोतीहारीकी ३५ वर्षीया सुमित्रा देवी सहनी र २५ वर्षीया रिन्की देवीलाई पक्राउ गरेको हो ।…