धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली प्रहारमा संलग्न रहेको आशंकामा चारजना पक्राउ • Image Khabar Image Khabar


धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली प्रहारमा संलग्न रहेको आशंकामा चारजना पक्राउ


Imagekhabar
२९ चैत्र २०७४, बिहीबार १३:०९

धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली प्रहारमा संलग्न रहेको आशंकामा चारजना पक्राउ

अनुसन्धान जारी रहेको भन्दै प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । पक्राउ पर्नेमा मोरङका दुई, सुनसरी र झापाका एक/एक जना छन् ।

घटनाको सुक्ष्म अनुसन्धान भइरहेकाले सत्यतथ्य पत्ता लागेपछि विवरण सार्वजनिक गर्ने मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए ।

विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा बास बसेका आचार्यलाई गत आइतबार बिहान २ बजेतिर शौचालय जाने क्रममा गोली प्रहार भएको थियो । दाहिने कुममा गोली लागेका स्वामीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्