२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


मदिरा सेवन गरेर ‘आतंक’ मच्चाउने नेपाली सेनाका चार जना पक्राउ


0
Shares

संजय कार्की/ईमेज:

रौतहट, चैत ३० । मादकपदार्थ सेबन गरेका नेपाली सेनाका चार जनाले रौतहटको चन्द्रपुरमा अशान्ति मच्चाएका छन ।

बाटो हिंडने बटुवाहरुलाई गाली गलौजमा उनीहरु उत्रिएपछि स्थानीयले बिरोध जनाएका छन ।

रौतहटको चन्द्रपुर–५ स्थित देउराली चौकमा रहेको एक होटलमा मदिरा पिएका दिल बहादुर शाही, रमेश राना, सुरेन्द्र भण्डारी र थर नखुलेका मानबहादुरले होटल संचालकलाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको केही घण्टामानै नेपाली सेनाले उनीहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

ती चारैजना सर्लाहीको नवलपुर स्थित रणशेर गणमा कार्यरत छन् ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेका उनीहरुलाई नेपाली सेनाको चन्द्रनिगाहपुरमा रहेको ईन्द्रबक्स गणले नियन्त्रणमा लिएपछि उनीहरुले होटलमा खाएको २ हजार रुपैया तिरेको थियो ।

चन्द्रपुर–९ सिन्धुरेघारीमा संचालित नेपाली सेनाको तालिमको उनीहरु शिक्षार्थी हुन ।