Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


स्वास्थ्य शिविरको नाममा नक्कली डाक्टर बनेर पैसा उठाउने तीनजना पक्राउ


0
Shares

जिल्लाको देवानगञ्ज गाउँपालिका–६ मा ‘हामी डाक्टर हौँ’ भनी स्थानीयलाई भेला गरी स्वास्थ्य सचेतना कार्यक्रमको नाममा प्रत्यके व्यक्ति पाँच सयदेखि एक हजार रुपैयाँसम्म उठाउने तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको हो ।

पक्राउ पर्नेमा तेह्रथुम म्याग्लुङ् नगरपालिका–१०, केउरिनी बस्ने सुदन सुवेदी, जुनिल सुवेदी र सप्तरी कञ्चनरुप नगरपालिका–५ मगरटोल बस्ने प्रख्यात मिश्र छन् ।

उनीहरुलाई स्थानीयले दिएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

Skip This