३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


प्रतिबन्धित एक हजार र ५०० दरका ४९ लाख भारुसहित काठमाडौंबाट दुईजना समातिए


0
Shares

प्रहरीले उनीहरुलाई काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा आफूलाई कपडा व्यापारी बताउने मोरङ, कटहरी गाउँपालिका–३ का सुनिलदेव वैश्य र नुवाकोट, शिवपुरी गाउँपालिका–५ का चेतबहादुर नेपाली रहेका छन् ।

उनीहरुलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाइने परिसर प्रमुख पोखरेलले जानकारी दिए ।