अख्तियार टोलीद्वारा पचास हजार घुससहित नापीका प्रमुख पक्राउ • Image Khabar Image Khabar


अख्तियार टोलीद्वारा पचास हजार घुससहित नापीका प्रमुख पक्राउ


Imagekhabar
२९ चैत्र २०७४, बिहीबार १२:३८

अख्तियार टोलीद्वारा पचास हजार घुससहित नापीका प्रमुख पक्राउ

बिहीबार बिहान जिल्ला नापी कार्यालयस्थित कार्यालयका प्रमुख साहलाई उनकै क्वाटरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले रु ५० हजार घुससहित पक्राउ गरेको अख्तियारको क्षेत्रीय कार्यालय इटहरीले बताएको छ ।

साहले त्रियुगा नगरपालिका–१० बस्ने बोक्सेका एक सेवाग्राहीबाट जग्गाको नक्सा परिवर्तन गरिदिने शर्तमा रु दुई लाख घुस मागेको र पहिलो किस्तास्वरुप ग्राहकबाट रु पचास हजार आज बिहान ८ बजे क्वाटरमा नै लिएको स्वयं सेवाग्राहीले बताए ।

साहले घुस लिनेबित्तिकै तत्कालै सेवाग्राहीले अख्तियारलाई खबर गरेपछि अख्तियारको टोली कार्यालय पुगेर जाँच गर्दा साहको सिरानबाट रु ५० हजार बरामद गरेको पनि क्षेत्रीय अख्तियार प्रमुख प्रदीपकुमार कोइरालाले बताए ।

यसभन्दा अघि पनि उनले सेवाग्राहीबाट पटक पटक घुस लिएको गुनासो बढ्न थालेपछि साह अख्तियारको निगरानीमा रहँदै आएको अख्तियारले बताएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्