सप्तरी, कात्तिक ८ । बोक्सी भन्दै छिमेकीलाई मलमूत्र खुवाउन खोज्ने तिरहुत गाउँपालिका–२, मैनाकडेरी बडहराकी एक युवतीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । गत असोज २२ गते शौचालयबाट लोटामा मलमूत्र ल्याइ सोही ठाउँकी ४० वर्षीया मानवतीदेवी रामलाई खुवाउने प्रयास गरी कुटपिट गरेको आरोपमा २२ वर्षीया सुनिता रामलाई पक्राउ गरी बिहीबार जिल्ला अदालतमा पेस गरिएको प्रहरी निरीक्षक प्रतीक…