
भोजपुर, कात्तिक ७ । छिमेकीको दाउराको चिर्पट प्रहारबाट भोजपुर, षडानन्द नगरपालिका–५, आँपटारेका एक युवकको मृत्यु भएको छ ।
पुरानो रिसइबीका कारण स्थानीयवासी पञ्चबहादुर भनिने २७ वर्षीय मानबहादुर मगरले छिमेकी २६ वर्षीय सुरेश राईलाई चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ढिलोगरी प्राप्त समाचारअनुसार चिर्पट प्रहारबाट गम्भीर घाइते राईको संखुवासभा, तुमलिङटारको मनकामना अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजानेक्रममा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ ।
अभियुक्त मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्