१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023


मोटरसाइकल चोरीको आरोपमा दुईजना पक्राउ


0
Shares

कञ्चनपुर, कार्तिक ८ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का दुई युवालाई मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वर्ष १९ का जीवन धानुक र वर्ष २१ का दिप्पु भनिने दिपेश बोहरा रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

स्थानीय रुकुमसिंह ठगुन्नाको पल्सर मोटरसाइकल र लालसिंह महराको सुपरस्पलेण्डर मोटरसाइकल चोरी गरेको आरोपमा दुवैलाई पक्राउ गरिएको उनले बताए ।

जीवनलाई भीमदत्तनगरबाट र दिपेशलाई गाउँबाटै नियन्त्रण लिई प्रहरीले हिरासतमा राखेको छ । जीवनले केही दिनअघि मात्रै भारतीय घुमन्ते व्यापारीबाट रु दुई हजार नगद र मोबाइल फोनसेट लुटेका थिए ।

पक्राउ परेका दुवैमाथि चोरीसम्बन्धी मुद्दा चलाइने बताइएको छ । (रासस)