
रौतहट, कात्तिक ६ । रौतहटमा मेला हेर्न गएकी एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।
गुजरा नगरपालिकाकी १७ वर्षीया किशोरीलाई तीनजना युवाले सोमबार बलात्कार गरेको खुलासा भएको हो ।
रातिको मेला हेर्न गएकी उनलाई घर पुर्याइदिने भन्दै छिमेकी युवाहरुले मोटरसाइकलमा लगेर बलात्कार गरेकोे पीडितको भनाइ छ ।
पीडित किशोरीको उजुरीको आधारमा घटनामा संलग्नहरुको पहिचान भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्