Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


मकवानपुरमा दुई थान अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ


0
Shares

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ रातोमाटेमा कुटपिटमा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा दुई थान अवैध भरुवा बन्दुक फेला परेका छन् ।

कुटपिटमा संलग्न व्यक्तिहरूको खोजी तथा पक्राउ गर्न स्थानीय ३५ वर्षीय सुमन भनिने पञ्चबहादुर थिङको घर पुगेको प्रहरी टोलीले खानतलासी गर्दा खाटमुनि बोराभित्र लुकाएर राखिएका दुई थान भरुवा बन्दुक फेला पारेको हो ।

बन्दुक फेला परेपछि थिङलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेका थिङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।