Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक छैन: गगन थापा


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण उपलब्धिमूलक नभएको टीप्पणी गर्नुभएको छ ।

मंगलवार पार्टी केन्द्रिय समितिको बैठकमा सम्बोधन गर्दै उहाँले भ्रमणले नेपालको दीर्घकालिन हित हुने कुनै दीर्घकालिन उपलब्धी हासिल गर्न नसकेको टिप्पणी गर्नुभएको हो । तरपनि भारत भ्रमणका बारेमा प्रधानमन्त्रीले देशवासीलाई जानकारी गराउनुपर्ने उहाँको भनाई छ ।

नेपालको दीर्घकालीन हितसँग जोडिएका विषयमा सम्झौता भएको भएमा त्यसको स्पष्ट जानकारी दिन उहाँले माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजीको भर्खर भारत भ्रमण भयो । केही उपलब्धिमूलक कुराहरू भएका छन्, स्वागत गरेका छौँ हामीले । सकारात्मक भनेका छौँ । नेपालका केही दीर्घकालीन हितका विषयका सन्दर्भमा हामी केही पनि देखिरहेका छैनौँ । हामी बोल्न हतार गर्दैनौँ । तर विषयका सन्दर्भमा हामी माग गर्दछौँ कि प्रधानमन्त्रीले देशवासीलाई बताउनुपर्छ, के–के भएका हुन्, उपलब्धिहरू के–के हुन् । यी कुराहरूका बारेमा हाम्रो जिम्मेवारी होइन रु हामीले यसको बारेमा जानकारी लिनुपर्दैन रु’

प्रधानमन्त्री बालेन्द्र शाहले हालै भारतको दुई दिने भ्रमण गर्नुभएको थियो ।