Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


१५ अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ५ अर्ब नाघ्यो


0
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको बजार आज १५ अंकले उकालो लागेको हो ।

आजको वृद्धिसँगै नेप्से परिसूचक २ हजार ६३८ विन्दुमा पुगेको छ । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । सोमबार ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा आज ५ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

आज वाणिज्य बैंक र विकास बैंक समूहमा १ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ । अन्य समूहको वृद्धि भने १ प्रतिशतभन्दा कम रहेको छ । लघुवित्त र अन्य समूहमा सामान्य गिरावट आएको छ ।

यस दिन एभरेस्ट कलर लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ५ प्रतिशतभन्दा माथिले बढेको छ । कारोबार रकमका आधारमा सोल्टी होटलको सबैभन्दा धेरै ३२ करोड १७ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको ३० करोड ८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज कुल १६५ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको मूल्य घटेको छ ।