
रोल्पा, कात्तिक ८ । पश्चिम रोल्पाको गंगादेव गाउँपालिका–५, पाखापानीमा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
४३ वर्षीय सुकलाल सार्कीले श्रीमती ३९ वर्षीया देवीसरा सार्कीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बुधबार साँझ सुत्ने बेलामा विवाद भएपछि घाँटीमा खुकुरी प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो ।
सन्की स्वभावका देखिने सार्कीका तीन छोरा र चार छोरी छन् ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको र अभियुक्त सार्कीलाई नियन्त्रणमा लिइ घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय जनाएको जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्