Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


एमाले स्थायी कमिटी बैठकमा मनोनयनबारे छलफल जारी


0
Shares

काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटीको पहिलो बैठक शनिबार पनि जारी रहेको छ । बिहीबारदेखि पार्टी मुख्यालय च्यासलमा सुरु भएको बैठक आज तेस्रो दिन प्रवेश गरेको हो ।

शुक्रबारको बैठकमा पार्टीका विभिन्न कमिटी तथा सङ्गठनलाई पूर्णता दिने विषयमा छलफल भएको थियो । एमालेले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीमा सदस्य मनोनयन गर्नुका साथै विभिन्न विभाग तथा सङ्गठनलाई पूर्णता दिन बाँकी छ ।

बैठकमा पार्टीका विभिन्न कमिटीमा मनोनयन गर्ने सदस्यहरूको नाम प्रस्ताव गरिए पनि त्यसमा सहमति जुट्न सकेको थिएन । प्रस्तावित नामप्रति केही नेताले असन्तुष्टि जनाएपछि थप छलफल गरेर निर्णयमा पुग्ने भन्दै बैठक स्थगित गरिएको थियो ।

मनोनयनका विषयमा सहमति जुटाउने प्रयासस्वरूप शनिबार पुनः बैठक बसेको हो । बैठकमा बाँकी रहेका पार्टी कमिटी तथा सङ्गठनलाई पूर्णता दिने विषयमा छलफल हुने बताइएको छ ।