काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति पदको मतगणना शनिबार दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ ।
उपसभापति र महामन्त्री पदका उम्मेदवारहरूसँगको छलफलपछि निर्वाचन समितिले मतगणनाको समय तय गरेको हो । सहमतिअनुसार पहिलो चरणमा उपसभापति पदका लागि खसेका मतपत्र गणना गरिनेछ ।
उपसभापति पदको गणना सम्पन्न गरी अन्तिम परिणाम सार्वजनिक भएपछि महामन्त्री पदको मतगणना सुरु गर्ने तयारी गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्