Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणनाबारे छलफल सुरु


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति र उपसभापति तथा महामन्त्री पदका उम्मेदवारहरूबीच छलफल सुरु भएको छ । सानेपास्थित पार्टी कार्यालयमा जारी छलफलमा मतगणना प्रक्रियाबारे परामर्श भइरहेको छ ।

छलफलमा उपसभापति र महामन्त्री पदका उम्मेदवारहरू मात्रै सहभागी छन् । उनीहरूसँगको परामर्शपछि मतगणना अघि बढाउने निर्वाचन समितिको तयारी छ ।

यसअघि शुक्रबार राति सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा सम्पन्न भएको थियो । उक्त मतपरिणामअनुसार गगन थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको थियो।

अब उपसभापति र महामन्त्री पदको मतगणनालाई अघि बढाउन निर्वाचन समितिले उम्मेदवारहरूसँग छलफल थालेको हो ।