१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


भ्रष्टाचार मुद्दामा फरार खड्का कारागार चलान


0
Shares

काठमाडौं, कात्तिक ८ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टाचार मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ ।

ब्यूरोको टोलीले पुनरावेदन अदालतको वि.सं. २०५७ कात्तिक २१ को फैसलाअनुसार भ्रष्टाचार मुद्दामा फरार रहेका ललितपुरका ४९ वर्षीय रामकुमार खड्कालाई बिहीबार पक्राउ गरी डिल्लीबजार कारागार चलान गरेको हो ।

ब्यूरोका प्रहरी नायब उपरीक्षक नीरञ्जनदत्त भट्टले खड्काले रामकुमार अग्रवालको नाममा नक्कली आयातप्रति (एलसी) पत्र बनाएर बैंकलाई हानि–नोक्सानी पुर्‍याएकाले अदालतको फैसलाअनुसार खड्कालाई पक्राउ गरिएको जानकारी दिए ।

अदालतले खड्कालाई रु एक करोड २३ लाख ५३ हजार ८८० जरिवाना र एक वर्ष कैद हुने फैसला गरेपछि खड्का फरार रहेका थिए । रासस