राजन कुईंकेल । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले पार्टीका नेताहरुले आफूलाई काम गर्न नदिएको तर्क र आरोप लगाउँदै पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नुभयो । जनताका सार्वभौम प्रतिनिधिहरु रहने थलो प्रतिनिधि सभाको हत्या गर्न एकाएक गरिएको सिफारिशलाई किञ्चित समय नलगाई नेकपा पार्टीकै तर्फबाट राष्ट्रपति बनाइनुभएका विद्या भण्डारीले सदर गरिदिनुभयो…