काठमाडाैं । काठमाडौंको थानकोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ। चन्द्रागिरी नगरपालिका–३ खरिबोट स्थित डेरामा बस्ने २० वर्षीय जाकिर मन्सुरीको हत्या अभियोगमा प्रहरीले ३८ वर्षीय समि अहमदलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार शनिबार राति भएको सामान्य विवादले उग्र रूप लिँदा अहमदले मन्सुरीमाथि धारिलो हतियार प्रहार गरेका थिए। चक्कु प्रहारबाट गम्भीर…