लन्डन प्रहरीका कमाण्डार स्टुअर्ट कण्डीले हराएकाहरु जीवित भेटिने सम्भावना कम रहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बताए । घटनामा ३० जनाको ज्यान गएको यसअघि नै पुष्टि भएको छ । ज्यान गुमाउनेको संख्या ८० भन्दा बढी हुन सक्ने अनुमान प्रहरीको छ । आगलागीका कारण क्षतिग्रस्त भएको ग्रेनफेल टावरमा खोजी तथा उद्धारको काम भइरहेको र अझै एक…